×

नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए ।

यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।

श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए ।

Back to top