×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रवार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस अघि बिहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Back to top