×

समाजवाद एक आर्थिक र राजनीतिक दर्शन हो जसले विभिन्न आर्थिक र सामाजिक प्रणालीहरूलाई समेट्छ जसमा निजी स्वामित्वको विपरीत उत्पादनका साधनहरूमा सामाजिक स्वामित्व हुन्छ। यसले आर्थिक, राजनीतिक, र सामाजिक सिद्धान्तहरू र त्यस्ता प्रणालीहरूको कार्यान्वयनसँग सम्बन्धित आन्दोलनहरू वर्णन गर्दछ। 

समाजवाद उत्पादनका साधनहरूमा सामूहिक, साझा वा सार्वजनिक स्वामित्वमा आधारित जनवादी आर्थिक र राजनीतिक प्रणाली हो। उत्पादनका साधनहरूमा मानवलाई प्रत्यक्ष रूपमा सन्तुष्ट पार्ने वस्तुहरू उत्पादन गर्न प्रयोग गरिने मेसिनरी, औजारहरू र कारखानाहरू समावेश यसमा समावेश हुन्छन। 

समाजवादलाई पुँजीवादी सिद्धान्तको विपरित रुपमा लिने गरिन्छ । समाजवादीहरूले गुनासो गर्छन् कि पुँजीवादले स्वतन्त्र बजार प्रतिस्पर्धाबाट थोरै मानिसहरूको हातमा सम्पत्ति र शक्तिको अनुचित र शोषणात्मक केन्द्रीकरण हुन्छ - मानिसहरू जसले समाजमा आफ्नो प्रभुत्व बलियो बनाउन आफ्नो सम्पत्ति र शक्ति प्रयोग गर्छन् पूँजीवादको माध्यमबाट । 

पूँजीवादी सिद्धान्तकै विरुद्धमा समाजवादी सिद्धान्तको विकास भएको हो । आजसम्म पनि समाजवादको चित्तबुझ्दो व्याख्या कार्ल मार्क्स बाहेक कसैले गर्न सकेका छैनन भनिन्छ । 

समाजवाद मानव जाति संलग्न भएर विकास भएको सम्भवतः सबैभन्दा पछिल्लो, सबैभन्दा उच्च स्तरको वैज्ञानिक सिद्धान्तमा आधारित उत्पादन पद्धतिको नाम हो । समाजवाद पहिले कल्पनामा आधारित सिद्धान्त मात्र थियो । यसलाई वास्तविक धरातलमा स्थापित गर्न वैज्ञानिक सिद्धान्तबाट सम्पन्न गर्ने कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स नै हुन् । उनीहरूको योगदानको चर्चा, आलोचना, समालोचना समर्थन विरोध युगौँयुगसम्म भइरहने छ । 

आदि मानवजातिको कालदेखि आजसम्म पनि छिनोफानो हुन नसकेको विषय भनेको समाज र व्यक्तिका बिच त्रुटिविहीन अन्तरसम्बन्ध कसरी कायम गर्न सकिन्छ भन्ने नै हो । समाज र व्यक्तिका बिचको सम्बन्धबारे कम्युनिस्ट पार्टीको घोषणापत्रकोे ‘सर्वहारा र कम्युनिस्ट’ शीर्षक अन्तर्गतको अन्तिम अनुच्छेद अथवा वाक्यमा लेखिएको छ, ‘जब समाजमा सर्वहारा वर्गको पनि प्रभुत्व समाप्त हुने छ, अथवा साम्यवादको अवस्था विकसित हुने छ, तब वर्ग विरोधले बाँधिएको पुरानो पुँजीवादी समाजको स्थानमा एउटा सामाजिक सङ्घ स्थापना हुने छ । त्यस समयमा व्यक्ति र समाजमा कुनै भिन्नता हुने छैन । त्यस्तो अवस्थामा मात्र व्यक्तिको स्वतन्त्र प्रगति समाजको स्वतन्त्र प्रगतिको सर्त हुने छ ।’ 

एउटा यस्तो विचारधारा हो जसले समाजका प्रत्एक व्यक्तिको समानता र न्याय को अधिकारको प्रत्याभुती गर्छ । यस सिद्धान्तको मुखी उद्धेश्य एउटा यस्तो समाजको निर्माण गर्नु हो कि जहाँ आर्थिक र सामाजिक असमानता नहोस । समाजवादको उदय १८औ शताब्दिको  मध्यतिर    पूँजीवादको विरुद्धमा भएको हो । 

सोभियत सङ्घमा उमेर पुगेका प्रत्येक व्यक्तिले काम गरेर जीवनयापन गरेका थिए तर कामको क्षेत्र रोज्न पाएका थिएनन् । कुनै व्यक्तिलाई कुनै चीजको अभाव थिएन तर रोजेर लिन पाएका थिएनन् । कसैले आफ्नो कमाइबाट बचत गर्ने व्यवस्था नै भएन । सोभियत सङ्घ हुँदा हरेकले सबै चिज पाए तर उन्मुक्त खुसी साथ केही गर्न पाएनन् ।

मानवीय प्रवृत्ति हुन्छ प्रतिस्पर्धा, साँच्चै भन्ने हो भने प्राणी मात्रमा प्रतिस्पर्धा गरेर नै मानव जातिले आफूलाई योग्य साबित गरेको हो । जलचर, स्थलचर, नभचर यहाँसम्म कि वनस्पतिमा पनि प्रतिस्पर्धा हुन्छ । हरेक वस्तुमा विपरीत तत्वले काम गरेको हुन्छ र नै त्यसको अस्तित्व पनि कायम भएको हुन्छ । विपरीत तìव हुन्छ र नै प्रतिस्पर्धा पनि निरन्तर भइरहेको हुन्छ । माक्र्सवादी दर्शनबाट मार्गदर्शन प्राप्त गर्ने कम्युनिस्टहरूले त प्रतिस्पर्धालाई विश्वव्यापी बनाउन तयार हुनुपर्ने हो । सोभियत सङ्घमा स्वतन्त्र रूपमा त्यस्तो हुन दिइएन । 

कम्युनिस्टको मुखमा झुन्डिरहने दुइटा शब्दबाट बनेको वाक्यांश सर्वहारा वर्ग नै हो । इमानदारी साथ भन्न सक्नु पर्छ, अहिले संसारको कुनै पनि राष्ट्रमा सर्वहारा वर्ग छैन । सर्वहारा वर्ग शारीरिक र मानसिक शक्ति खर्च गरेर बाँच्ने अवस्थामा होइन उच्चस्तरको विज्ञता प्राप्त गरेका वैज्ञानिकमा रूपान्तरण भइसकेको छ । अहिले पनि कतिपय कम्युनिस्टले नभएको सर्वहारा वर्ग खोज्दै हिँडेको पाइन्छ । नभएको सर्वहारा वर्ग खोज्नुको सट्टा नयाँ विकसित श्रमजीवी वर्गलाई सङ्गठित गर्दै शान्तिपूर्ण सङ्घर्ष र वैधानिक प्रक्रियाको माध्यमबाट अत्याधुनिक वैज्ञानिक समाजवाद निर्माणमा लाग्नु धेरै श्रेयसकर हुन्छ । 

मानव जाति पशुपालन अवस्थामा विकसित भएपछि रैथाने हुन थालेको हो । कृषि उत्पादनमा प्रवेश गरेपछि स्थायी बासिन्दाका रूपमा विकसित भएको हो । कालान्तरमा अन्य मानव समूहको आक्रमणलाई पराजित गरेर आफ्नो समूहको सुरक्षा गर्ने सन्दर्भमा हतियारधारी शक्तिको निर्माण गर्ने आवश्यकता देखा पर्यो ।

दुई समूहका बिचको सङ्घर्षमा हार्ने पक्षलाई दासका रूपमा राख्दा धेरै उपलब्धि हुने मूल्याङ्कन गर्दै सम्भावित विद्रोहलाई दमन गर्नका निम्ति स्थायी शक्तिका रूपमा राज्यसत्ताको विकास भयो । राज्यसत्ताको उत्पत्ति कालदेखि नै यसको दोहरो चरित्र विकसित भयो । आफ्नो पक्षको संरक्षण र सेवा गर्ने तथा शत्रु पक्षको दमन र नियन्त्रण गर्ने । माक्र्सवादी साहित्यमा शत्रु पक्ष शत्रु वर्गलाई शारीरिक रूपमा नै समाप्त गर्नुलाई सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने रूपमा लिने गरेको भेटिन्छ ।

सर्वहारा वर्गलाई आफ्नो हातमा सत्ता हस्तगत गरेपछि शत्रुपक्ष मित्र पक्षमा रूपान्तरण हुन सक्छ भन्ने सम्भावनालाई अस्विकार गरिएको छ । कम्युनिस्ट घोषणापत्रमा ‘मजदुर वर्गले बनिबनाउ राज्य कब्जा गरेर त्यसैलाई उपयोग गरेर आफ्नो मुक्ति र समृद्धि कायम गर्न सक्दैन’ भनेर माक्र्स एङ्गेल्स छँदै संशोधन गरिएको हो । घोषणापत्रको यो संशोधन माक्र्सवादी दर्शनको तीन मुख्य नियमसँग बाझिएको छ । त्यसो भएर मुख्य नियमलाई नै अवलम्बन गर्नु पर्छ ।

उत्पादन पद्धतिको विकास पुरानोलाई ध्वंस गरेर नयाँ स्थापित गरिएको होइन । आजसम्म विकसित भएका पाँच वटै उत्पादन पद्धतिको विकास पुरानोले नयाँलाई जन्माएर अथवा विकास गरेरै भएको छ । यसमा जब नयाँ उत्पादन पद्धति विकसित हुन्छ पुरानोको अस्तित्व समाप्त हुन्छ । आदिम साम्यवादी उत्पादन पद्धति छोडेर अरू उत्पादन पद्धति जसमा राज्यसत्ताको भूमिका अत्यन्त प्रभावकारी रहँदै आएको छ । हरेक अवस्थाको राज्यको दोहरो चरित्र रहेको छ सेवा र नियन्त्रण ।

सन् १९१७ को सर्वहारा समाजवादी क्रान्तिमा जारशाही राज्यसत्तालाई बलपूर्वक पराजित गरेरै रुसी सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भएको थियो तर त्यो क्रान्तिलाई पनि जारशाही सेनाको झन्डै आधा हिस्साले साथ दिएको थियो र नै ज्यादै कम क्षति बेहोरेर क्रान्ति सम्पन्न भएको थियो । त्यो सेनाको संलग्नता बिनाक्रान्ति सम्भव नै थिएन । क्रान्ति सम्पन्न भएपछि सोभियत लाल सेनामा त्यो रूपान्तरण भएको थियो । सर्वहारा समाजवादी क्रान्तिबाट राज्यसत्ताले सोभियत समाजवादी उत्पादन पद्धति विकसित र संरक्षण गर्यो ।

कम्युनिस्ट पार्टीको घोषणापत्रमा उल्लेख भएबमोजिम नै सोभियत सत्ताले जतिसक्यो चाँडो रुसमा रहेको पुँजीवादलाई सम्पूर्ण रूपले समाप्त गर्ने काम गर्यो । त्यहाँ विकसित भइरहेको समाजवादको विपरीत तत्वको रूपमा कायम हुने राष्ट्रिय पुँजीवादलाई विकसित हुन दिनु पर्दथ्यो । त्यसका लागि समाजवादी बजार अर्थव्यवस्थालाई लागु गर्न सकिन्थ्यो । अहिले चीन, भियतनाम, क्युवामा त्यही गरिएको छ । 

विपरीत तत्वका बिच एकता र सङ्घर्षको अवस्था बिना ब्रह्माण्डमा कुनै पनि अस्तित्व कायम हुन सक्दैन । यो निष्कर्ष संसारका सबै खगोलविद्को पनि हो ।  समाजवादी उत्पादन पद्धति पनि त्यस्तै अस्तित्व हो । त्यसमा पनि विपरीत तत्वका बिच एकता र सङ्घर्षको अवस्था कायम हुन्छ । त्यसलाई आफ्नो गतिमा विकसित हुन दिनु पर्छ । त्यसरी विकसित हुने उत्पादन पद्धति नै समाजवादी उत्पादन पद्धति हो । यो अवस्थामा मात्र सामाजिक उत्पादन र सामाजिक स्वामित्व कायम हुन सक्छ । तर सोभियत सङ्घमा सामाजिक उत्पादन र राजकीय स्वामित्व कायम गरियो । राजकीय स्वामित्वलाई नै सामाजिक स्वामित्व भनेर परिभाषित गरियो । समाजवादी बजार अर्थतन्त्रमा राजकीय, सामूहिक र खास क्षेत्रमा व्यक्तिगत उत्पादन गर्ने पनि व्यवस्था हुन्छ ।

उत्पादित पदार्थ मालका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याइन्छ । बजारमा स्वाभाविक रूपले मालको मूल्यमा माग र आपूर्तिका आधारमा तलमाथि हुने अवस्थालाई स्वीकारिन्छ । बजार अर्थतन्त्र अवलम्बन गरेपछि निश्चित सीमासम्म सम्पत्ति आर्जन गर्ने अवस्थालाई मान्यता दिइन्छ । आवास र अन्य आवश्यकता उत्पादन सरकारी, अर्धसरकारी, निजी क्षेत्रमा दैनिक वा मासिक वा तोकिएको उमेर हदसम्म काम गर्ने सबैले ज्यालामा उत्पादन र निवृत्तिभरणको व्यवस्थामा पनि मुद्रा प्रणाली अवलम्बन गरिन्छ । 

उपर्युक्त अवस्थामा मात्र समाजवादी उत्पादन पद्धतिको विपरीत तत्व कायम हुन सक्छ । यो व्यवस्थालाई हरेक समाजवादी मुलुकले अर्थतन्त्रका केही क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा कायम हुन दिनु पर्छ । प्रतिस्पर्धा माक्र्सवादी दर्शनको आत्मा हो । संविधान र कानुन ऐन नियमका आधारमा राजनीतिक प्रतिस्पर्धासहितको शासन प्रणाली अवलम्बन गर्नु पर्छ । यस्तो अवस्था माक्र्सवादसम्मत नै हुन्छ । ज्ञान, विज्ञान, संस्कृति र खेलकुद आदि क्षेत्रमा पनि प्रतिस्पर्धात्मक अवस्था विकसित गर्नु पर्छ. 

सोभियत सङ्घको कम्युनिस्ट पार्टीले समाजमा किन निष्कर्ष दिन सकेन ?  माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिनका विचारबाट विकसित गएिको सर्वहारा अधिनायकत्वको दबाबले सोभियत समाजको राजनीतिक क्षेत्रलाई यसरी दबायो कि राजनीतिक क्षेत्रमा सिर्जनात्मक विचार विकसित हुनै सकेनन् । नयाँ सिर्जना हुन नसकेपछि पुराना निष्कर्षलाई सकी नसकी बोक्नुको विकल्प भएन । यही अवस्थाले गर्दा सोभियत सङ्घमा भूमिगत रूपमा विकसित भएको दलाल पुँजीवादसित सोभियत समाजवाद पराजित हुनु पर्यो । 

हामीले नेपालमा उत्पादन पद्धत्तीको समाजवादलाई कसरी बिकास गर्न सकिन्छ भनी घोत्लिनु अत्ती जरुरी छ । 

विकास गरेका क्षेत्र सोभियत सङ्घ र पूर्वी युरोप, जनवादी गणतन्त्र चीन, प्रजातान्त्रिक गणतन्त्र उत्तर कोरिया र क्युवा हुन् । मङ्गोलिया र रुस पूर्वी युरोपमा असफल नै भइसकेको छ र पुँजीवादको पुनस्र्थापना नै भइसकेको छ । क्रान्तिकारी आन्दोलन विकास गरिरहेका एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका कति ठाउँमा धक्का खाएको र कति ठाउँमा टकरावको अवस्थामा छन् ।  

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेपालमा कम्युनिस्ट आन्दोलन सशक्त रूपमा विकसित हुन सक्ने सम्भावना छ । नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीको माध्यमबाट पनि वैज्ञानिक समाजवाद स्थापित हुन सक्छ या सक्दैन त्यो त आउँदा दिनले बताउने छ । तथापी पूँजीवादको ओज र यसको प्रभावलाई धक्का दिन निकै नै कठिन काम हो । 

निष्कर्ष

आधुनिक समयमा यस सिद्धान्तको अपरिहार्यताको धेरै चर्चा परिचर्चा हुने गर्छ । अझ भन्नु पर्दा जुन देशमा आर्थिक असमानता ज्यादा हुन्छ, यसको चर्चा अझ बढी हुने गर्छ । समाजवाद एउटा विचारधारा हो जसले न्याय, समानता,र  सामाजिक कल्याणमा वकालत गर्छ । आधुनिक समाजमा बढदै गएको आर्थिक असमनता र सामाजिक अन्यायलाई हेर्ने हो भने, यो सिद्धान्तको विचार -विमर्श अत्यंन्त महत्वपूर्ण छ।

Back to top