×

भारतको महाराष्ट्रमा छत्रपति शिवाजी महाराजको मूर्ति ढलेको मामिलामा प्रहरीले मूर्तिकारलाई पक्राउ गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको जनाएको हो । उनलाई थानेबाट सिन्धुदुर्ग ल्याएर बिहीबार अदालतमा पेस गरिनेछ ।

महाराष्ट्रको सिन्धुदुर्गको राजकोट किल्लामा रहेको यो ३५ फिट अग्लो मूर्ति गत महिना अनावरण भएको ९ महिनाभित्रै ढलेको थियो । यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।

मूर्ति ढलेको विषयलाई लिएर महाराष्ट्रमा राजनीतिक तनाव जारी छ । यसका लागि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे, उपमुख्यमन्त्री अजित पवार र प्रधानमन्त्री मोदी आफैँले माफी मागेका छन्। तर, विपक्षीले भने प्रधानमन्त्री मोदीको माफीलाई अस्वीकार गरेका छन् । 

केही दिन अघि यस किल्लामा शिवसेना (यूबीटी) र भाजपाका कार्यकर्ताहरूबिच झडप भएको थियो । गत आइतबार विपक्षी महाविकास अघाडीका साझेदारहरूले मूर्ति ढलेकोमा विरोध गरेका थिए ।

Back to top