×

पर्सा । पर्साको ग्रामिण भेगमा हातिले आतंक मचाएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ क्षेत्रमा राति सुत्ने बेला हातिले गाउँमा पसि धानबालि खाइदिएको र बाली लछारपछार गरी नष्ट गरिदिएको हो । 

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक मोहन जङ्ग बुढा थापाले दिएको जानकारीअनुसार हातिहरू जंगलसँग जोडिएको गाउँको नजिकै आउँछन् र राति बाली क्षती गर्छन् । 

हातिहरूले मानविय क्षति नगरी मात्र धानबालिमा मात्रै नोक्सानी गरेको प्रहरी निरीक्षक थापाले बताए । यस प्रकारको घटना पुनः न दोहोरिने गरी उचित सुरक्षा उपाय अपनाउन प्रशासनलाई आग्रह गरिएको छ ।

हातिको आतंकले गर्दा कृषकहरू चिन्तित छन् र बालीको सुरक्षाका लागि विशेष ध्यान दिनुपर्ने कृषकहरुले माग गरेका छन् ।
 

Back to top