×

सोसल मिडिया प्लेटफर्ममा मानिसहरूको उपस्थिति तीव्र गतिमा बढ्दै गएको छ । पहिले मानिसहरू यी प्लेटफर्महरूलाई थोरै समयका लागि प्रयोग गर्थे, तर अहिले घण्टौँसम्म सबैले समय बिताईरहेका हुन्छन्, जुन चिन्ताको कुरा हो । २०२४ सम्ममा विश्वव्यापी जनसंख्याको ६६ प्रतिशत भन्दा बढी मानिसहरू इन्टरनेटको प्रयोग गर्नेछन्, साथै वर्षको अन्त्यसम्ममा कुल प्रयोगकर्ताहरूको संख्या ५.३५ बिलियन हुनेछ ।

इन्टरनेट र सोसल मिडियामा मानिसहरू अघिल्लो वर्षको तुलनामा इन्टरनेट प्रयोगकर्ताहरूको संख्यामा १.८ प्रतिशतको वृद्धि भएको छ, जसले गर्दा ९७ मिलियन नयाँ प्रयोगकर्ताहरू जोडिएका छन् । यस्तैगरी सोसल मिडिया प्रयोगकर्ताहरूको वृद्धिमा पनि तीव्र वृद्धि भएको छ । अघिल्लो १२ महिनामा ५.६ प्रतिशतको वृद्धि, अर्थात् २६६ मिलियन नयाँ प्रयोगकर्ताहरू जोडिएका छन् ।

२०२४ का सबैभन्दा लोकप्रिय सोसल प्लेटफर्म

२०२४ मा सबैभन्दा बढी प्रयोग गरिने सोसल प्लेटफर्म फेसबुक हो । प्लेटफर्ममा ३.०७ बिलियन सक्रिय प्रयोगकर्ताहरू छन् । फेसबुकले डिजिटल स्पेसमा आफ्नो प्रभुत्व कायम राखेको छ । २.५ बिलियन प्रयोगकर्ताहरूको साथ यूट्यूब दोस्रो स्थानमा छ, जसले भिडियो–शेयरिङ प्लेटफर्मको रूपमा आफ्नो लोकप्रियतालाई दर्शाउँछ । मेटाको स्वामित्वमा रहेका ह्वाट्सएप र इन्स्टाग्राम दुवैमा २ बिलियन सक्रिय प्रयोगकर्ताहरू छन् ।

रैंक प्लेटफर्म २०२४ मा सक्रिय प्रयोगकर्ताहरू (मिलियनमा)

१. फेसबुक= ३०७०

२. यूट्यूब =२५००

३. व्हाट्सएप = २०००

४. इन्स्टाग्राम = २०००

५. टिकटोक = १६००

६. वीच्याट= १३६०

७. फेसबुक मेसेन्जर= ९७७

८. टेलिग्राम= ९००

९.स्न्यापच्याट= ८००

१०. डुईन्= ७५५

यद्यपि टेलिग्रामका लागि राम्रो समय चलिरहेको छैन, तर प्लेटफर्ममा मानिसहरूको उपस्थिति अझै कायम छ । यो सूचीमा टेलिग्राम ९०० मिलियन प्रयोगकर्ताहरूका साथ ८ औं स्थानमा छ । लोकप्रिय हुँदाहुँदै पनि सामग्रीको नियन्त्रणलाई लिएर चिन्ताका कारण टेलिग्रामले धेरै देशहरूमा प्रतिबन्धको सामना गरिरहेको छ ।

मेटाको ओभरअल प्रतिनिधित्व कुल मिलाएर हेर्दा मेटाको प्रभुत्व देखिन्छ । यसको मुख्य कारण मेटाको चारवटा सोसल मिडिया प्लेटफर्महरू हुनु हो । मेटामा ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जर जस्ता सोसल प्लेटफर्महरू छन् ।

Back to top