×

वीरगञ्ज । नेपाल तरुण दल पर्साको आयोजनामा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको माइस्थान मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा ११ जना महिलासहित १२२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका कार्यालय सहायक राजन श्रीवास्तवले जानकारी दिए । 

उनकाअनुसार नेहा मिश्र, किरण शर्मा, प्रिती गुप्ता, कविता यादव, शेष हजरा, मनोहर साह, अभय कर्ण लगायतले रक्तदान गरेका हुन् । 

नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पूर्व उपमेयर शान्ति कार्की लगायतको उपस्थिती रहेको थियो ।
 

Back to top