×

वीरगञ्ज । वीरगञ्जको नारायणी सेन्ट्रल हस्पिटल र मारवाडी महिला मञ्चको संयुक्त आयोजनामा वीरगञ्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा कैदीबन्दीहरूलाई निःशुल्क स्वास्थ्य सेवा, औषधि वितरण, ओपीडी तथा परामर्श सेवाहरू प्रदान गरियो।

शिविरमा डा. पवन कुमार पटेल (मेडिसिन जनरल फिजिशियन), डा. स्वेता सिंह (स्त्री रोग विशेषज्ञ), डा. सुन्दर चतुर्वेदी, डा. धिरज साह लगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। साथै, धीरज पटेल र नेहा खातूनले प्रयोगशाला परीक्षणको जिम्मेवारी सम्हालेका थिए भने, नर्स शिला देवीले सेवा प्रदान गरिन्।

शिविरको व्यवस्थापनमा नारायणी सेन्ट्रल हस्पिटलको प्रशासनिक प्रमुख दीपककुमार सिंह र मारवाडी महिला मञ्चकी अध्यक्ष रेणु अग्रवालको नेतृत्वमा सम्पन्न भएको थियो। शिविरको आयोजना जेलरको निर्देशनअनुसार सबै प्रोटोकल पालना गर्दै सफलतापूर्वक सम्पन्न भएको हो।

यस प्रकारका शिविरहरूले कैदीबन्दीहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने विश्वास गरिएको छ।

Back to top