×

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।

एनपीएलको टोलीको नाम पाँचवटाको सहर र तीनवटाको प्रदेशको नामबाट राखिएको छ ।

काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली रहने भएका छन् ।

लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा रहेका छन् । अन्य सहरबाट नामाकरण भएका हुन् ।

एनपीएल आगमी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुनेछ ।

 

Back to top