×

वीरगञ्ज । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय छनौट समिती गठन गरेको छ । क्यानले समिती गठनका लागि आवेदन दिन सूचनामार्फत आह्वान गरेको थियो । 

प्राप्त आवेदनका आधारमा क्यानले लेखबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय छनौट समिती गठन गरेको हो । 

समितीको सदस्यहरुमा वीरगञ्जका मुर्तुजा हवारी र युनिल श्रेष्ठ रहेका छन् । हवारी पर्सा क्रिकेट संघका उपाध्यक्ष पनि हुन् । साथै पाँच वर्षदेखि मधेश प्रदेशको प्रमुख चयनकर्ता (चिफ सेलेक्टर) का रुपमा छन् । 

त्यस्तै पर्सा क्रिकेट संघको उपाध्यक्षमा पनि उनी दोस्रो कार्यकाल बिताइरहेका छन् । लामो समयसम्म राष्ट्रिय टिमबाट खेल खेलेर अनुभब बटुलेका हवारीले क्रिकेट र क्रिकेट प्रशासनिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । 

पर्सा निवासी हवारी राष्ट्रिय छनौट समितिको सदस्यमा निर्वाचित भएकोमा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले खुशी व्यक्त गरेका छन् । सही व्यक्ति सही ठाउँमा पुगेको प्रतिक्रिया दिँदै उनले पर्सा जिल्लाको खेल र खेलाडीको बृद्धि विकासका निमित्त सहयोग पुग्ने पनि उनको विश्वास छ । 
 

Back to top