×

नेप्सेमा आज गिरावट आएको छ । बिहीबार नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा पुगेको छ ।

बिहीबार ३२२ कम्पनीको कूल २ करोड ८३ लाख ६  हजार ३४२ कित्ता शेयर १ लाख ४५ हजार ९२१ पटक कारोबार हुँदा १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१  मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज खुथेली बुखारी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दा बढी ३७ करोड ६५ लाख ५९ हजार ७११ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज अपिको सबैभन्दा बढी १० लाख ८४ हजार ११९ कित्ता शेयर कारोबार भएको छ ।

Back to top