×

सर्लाही । सर्लाही सदरमुकाम मलंगवाबाट सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको पटाका बरामद गर्न सफल भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीले उपलब्ध गराएको जानकारी अनुसार, मलंगवा नगरपालिका वडा नम्वर ४ गणेशिया चौर इटाभट्टा (चिम्नी) नजिक दुई कोठे जस्ताले छाएको कच्ची टहरामा शंका लाग्दा बुधवार राति ७.४० बजेको समयमा खानतलासी गर्दा लाखौं मूल्य बराबरको पटाका बरादम गर्न सफल भएका हुन् ।

विशेष सूचनाको आधारमा छापा मार्दा नेपालको विभिन्न स्थानहरुमा पठाउनका निमित्त भण्डारण गरिएका ठूलो परिमाणमा पटाका बरामद गरिएको सशस्त्र प्रहरी सिमा बल नेपाल नम्वर १० गणका गणपति एवं एसपी विनोदराज खनालले जानकारी दिए ।

बरामद गरिएको पटाका को बजार मूल्य करिव २७ लाख ७७ हजार ५५२ रुपैया बराबरको मूल्याँकन गरिएको र बरामद पटाका गणमा ल्याएर आवश्यक कारवाही सुरु गरिएको एसपी खनालले बताए । बरामद भएका पटाकामा झिलीमिली, कोब्रा, फुलझरी, राधा चक्र, कदम लगायतका विस्फोटकहरु रहेको उनले भने ।

Back to top