×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले साढे एक लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । पर्साका विभिन्न स्थानबाट खटिएको प्रहरीले एक लाख ५५ हजार ८५० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । 

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ चिनीमिल निवासी सैफुल्लाह मियाँको घरबाट प्रहरीले ११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टकाअनुसार चोरी पैठारी गरेर अवैध रुपमा भण्डारण गरिएको अवस्थामा सख्खर र युरिया मल बरामद गरिएको हो । 

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ दशगजा क्षेत्रबाट नौ कार्टुन कस्तुरी र तीन कार्टुन एम्विशन बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टले बताए । उनकाअनुसार बरामद गरिएको सबै सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 
 

Back to top