×

वीरगञ्ज । लायन्स क्लब वीरगञ्ज मिलेनियमले वीरगञ्जको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । वीरगञ्जको आर्दशनगरस्थित आधारभुत विद्यालयका विद्यार्थीहरुलाई क्लबले निःशूल्क शैक्षिक सामग्री सहयोग गरेको हो । 

क्लबका अध्यक्ष बिनोद खण्डेवालको अध्यक्षतामा एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई कपी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो । 

कार्यक्रममा क्लबका डिष्ट्रिक्ट गर्भनर देवकीनन्दन (डिएन) अग्रवाल, उपगर्वनर आर बी पाण्डे, वीरगञ्ज मेट्रोसिटी लायन्स क्लबका अध्यक्ष अशोक बेरिवाल, हरिनारायण काबरा, भिखमचंद अग्रवाल, रोशन गुप्ता लगायतको उपस्थितीमा शैक्षिक सामग्री वितरण गरिएको हो । 
 

Back to top