×

वीरगञ्ज । वीरगञ्जको ब्रह्म चोकमा गएराति झडप भएको छ । ब्रह्मचोकस्थित गुप्ता सेकुवा कर्नरमा झडप भएको हो । गुप्ता सेकुवा कर्नरमै बसेर खानपिन गरीरहेको अवस्थामा आपसी विवाद भएपछि विवादले उग्र रुप लिएको थियो । 

धार्मिक विषयलाई लिएर भएको विवाद उग्र बन्दा हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई झडप भइरहेको सूचना प्रत्यक्षदर्शीले दिएपछि तुरुन्तै घटनास्थलमा सुरक्षाकर्मी पुगेका थिए । 

प्रत्यक्षदर्शीकाअनुसार प्रहरी पुगे लगत्तै झडप साम्य भएको हो । धार्मिक विषयमा दुई समूहबीच विवाद भएर उग्र रुप लिँदा झडपको स्थिती सृजना भएको स्रोतले जनाएको छ । 

Back to top