×

बुद्धको महिमाको चर्चा आजसम्म दार्शनिक रुपमा र तार्किक रुपमा यदी कसैले गरेको छ भने ति ओशो नै हुन। ओशोको प्राय:जसो सबै प्रवचनमा बुद्धको व्याख्या गरेकै हुन्छन । बुद्धत्वो को व्याख्या यस्तो गरेका छन ओशो ले कि वास्तवमा वहाँ नै बुद्धको नयाँ अवतार हो जस्तो लाग्छ । 

ओशो विचार र ध्यानको बारेमा बुद्धले भनेका कुरालाई यसरी व्याख्या गर्नु हुन्छ - बुद्धले विज्ञानले भन्दा पनि ठुलो काम गरेर आफु ब्रह्मलिन हुनु भयो। किनकी विज्ञानले भन्छन कि ," बस्तु प्रती निरपेक्ष भाव राख्नु पर्छ । वस्तु प्रती निरपेक्ष भाव राख्न न ज्यादै सजिलो काम हो। तर स्वयमप्रती अर्थात आफु (म) प्रती निरपेक्ष भाव राख्नु ज्यादै कठिन काम हो" बुद्ध भन्नु हुन्छ।

विज्ञान र बहिर्मुखी हुन्छ। बुद्धको विज्ञान त अन्तर्मुखी हुन्छ। धर्मको अर्थ हुन्छ ," अन्तर्मुखी विज्ञान । बुद्ध भन्नुहुन्छ," जसरी तिमी अरुलाई बिना कुनै धारणाले हेर्छौ ठीक त्यसैगरी आफुले आफुलाई पनि बिना धारणाको हेर्न सक्नु पर्छ । यो काम अली कठिन छ , लगभग असम्भव जस्तै । किनकी हामी आफुलाई बिना कुनै धारणा हेर्नै सक्दैनौ । हामी सबैले आफ्नो बारेमा केही न केही धारणा अर्थात एक किसिमको आफ्नै मुर्ती बनाएर बसेका हुन्छौ।

हामी सबैले आफुलाई एक किसिमको समाजले श्रीजनाको गरेको व्यक्तित्वको आत्मरतिमा रमाइरहेका हुन्छौ। कसैले हामीलाई हामीले बनाएको व्यक्तित्वको विरुद्धमा बोलोदियो या औंला उठाइ दियो भने हामीमा सत्रुता को भावना उद्देलित भएर आउछ जसरी अहिले कैलाश सिरोहियाको विरुद्धमा राज्यले एउटा कदम चालेको छ ।

उसले बनाएको व्यक्तित्वलाई धक्का लागेको छ र उ रवी लामिछानेलाई दागा धरी रहेको छ । आफ्नो बारेमा विभिन्न धारणा बनाएर हिड्दा हामीलाई हाम्रो अहममा धक्का लाग्नु स्वभाविक नै हो किनकी हामीले समाजले बनाइदिएको अझ भनौ पूँजीवाद ले भित्र्याएको व्यक्तित्वमा नै हामी रमाउन चाहन्छौ। 

हामीले मनमा आफ्नो एक स्वर्ण-प्रतिमा बनाएका छौ- कल्पनाको , सपनाको र ईन्द्रधनुषको । बुद्ध भन्नुहुन्छ ," यो जुन प्रतिमा हामीले बनाएका छौ आफ्नो बारेमा यही नै सारा दु:खको जड हो।  समाजमा हुने अशान्ती , मारकाट , एक आपसमा देखिने वैमनष्यत्ताको कारण नै " म" भन्नुको अहन्कार हो। बुद्ध भन्नुहुन्छ ," तिमी को हौ, यो धारणा मनबाट हटाइ देउ - तिमी हिन्दू, मुस्लिम, जैन, क्रिस्चियन , ब्राहम्ण , शुद्र, क्षेत्रिय , साधु कि असाधु यि सन्कुचित विचारभन्दा माथि उठ।" यि सब बाट माथि उठने वित्तिकै तिमी आफुभित्र नियालेर हेर्ने कोशीश गर्दै जाउ ध्यानको माध्यमबाट , अनी तिमीले वास्तविक परमात्मालाई प्राप्त गर्न सक्छौ।    

वहाँ अगाडि भन्नुहुन्छ," तिमी कहाँ सा-सानो कुरामा अल्झिएर आफ्नो अस्तित्वलाई बेकार बनाइरहेका छौ। जब तिमी सा-सानो चिजमा अल्झिन्छौ तिमीले परमात्माको विराटरुपको  कहिल्यै  अनुभव नै गर्न पाउदैनौ। जती विचार तिमीमा प्रकट हुन्छ , यो त तिमीले उधारोमा पाएको चिज को । मन त एक ठुलो चौर हो जसमा विचारको रुपमा यात्री भएर आउने जाने गरिरहन्छ । यसमा तिम्रो कहिल्यै पकड हुँदैन । वहाँ भन्जु हुन्छ ," बुद्धत्वो भनेकै आफुलाई जान्नु, चिन्नु, र खोज्नु हो । यसको अर्थ नै आफुले आफुलाई नै सधैं जगाइ रहनु हो। 

बुद्धका केही वाणिहरु म यहाँ उल्लेख गर्न चाह्न्छौ – 

१ शान्ती भन्नेकुरा हामी भित्रै बाट प्राप्त हुने कुरा हो। यसलाई बाहिर नखोजौ। 

२ आकाशमा पुर्व र पश्चिमको कुनै भेद छैन , भेदभाव मानिसले आँफै श्रीजना गरी भित्र्याइएको शब्द हो। 

३ कोही व्यक्ती सम्पूर्णतामा जब टुटेको हुन्छ , त्यही व्यक्ती फलाम भएर निस्किन्छ। 

४ धनवान बन्नको लागि एक्-एक कणलाई वचत र सङ्ग्रह गर्नु पर्छ र गुणवान बन्नका लागि एक्-एक क्षण सदुपयोग गर्नु पर्छ । 

५ संसारमा केही पनि स्थाई हुँदैन । 

६ ज्ञान धन भन्दा श्रेयसकर हुन्छ किनकी धनलाई तिमीले रक्षा गर्नु पर्छ तर ज्ञानले तिमीलाई रक्षा गर्छ । 

७ कोही पनि व्यक्ती ठुलो पोस्ट र पोजिसन पाएर ठुलो हुने होइन, उसलाई त उसको गुण र व्यवहाँरले ठुलो बनाउने हो। 

८ जब मन आशान्त हुन्छ , हामीले कहिल्यै निर्णय लिनु हुँदैन । 

९ खाना नखाने मात्र व्रत नलिनुस्, व्रत लिनुस् कि म मा कहिल्यै फोहोरी विचार , फोहोरी नियत र तुच्छ व्यवहारको । 

१० क्रोधलाई पाली राख्नु भनेको तातो कोइलालाई अरुको शरीरमा फ्याल्नु जस्तै हो।

Back to top