×

तस्वीर:गोप्य खबरबाट

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पताल नजिकै रहेको गरिमा मेडिकल हलले म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएको छ। स्थानीय बिरामी श्रीपुर निवासीले खरिद गरेको औषधिमा म्याद गुज्रेको भेटिएपछि यो घटना सार्वजनिक भएको हो।

आईतबार खरिद गरिएको जिओर्थो नामक औषधिको म्याद एक महिना अगाडि नै गुज्रिसकेको पाइएको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समेत यस्तो लापरवाही देखिएकाले, सम्बन्धित मेडिकल हललाई कडा कारवाहीको माग बिरामी र उनका आफन्तले गरेका छन्।

बिरामीका आफन्तले कृष्णाजन्माष्टमीको सार्वजनिक बिदाका कारण आज उजुरी दर्ता गर्न नसकेकाले भोली मंगलबार सम्बन्धित निकायमा उजुरी दिने जानकारी दिएका छन्।

नेपालको औषधि ऐन २०३५ र मुलुकी ऐन २०७४ अनुसार म्याद गुज्रेको औषधि बिक्री, वितरण गर्न निषेध छ। यस ऐनको उल्लङ्घन गर्नेलाई एक वर्षसम्मको कैद सजाय र दश हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको छ।

यो घटना प्रकाशमा आएपछि सम्बन्धित निकायले तुरुन्तै अनुसन्धान गरी दोषीमाथि आवश्यक कारवाही गर्नुपर्ने स्थानीयहरुको माग छ।

Back to top