×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । आज २०८१ साल भदौ १० गते सोमबार तदनुसार सन् २०२४ अगष्ट २६ तारिख । भद्र कृष्ण पक्षको सप्तमी तिथि । श्रीकृष्ण जन्माष्टमी व्रत ।

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तले प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् ।

श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन् । दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन् ।

हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।

किन गरिन्छ श्रीकृष्णको पूजा ?

आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ । धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ ।

आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा-कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ । श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ। मन्दिरमा जान समेत कालो रंगको प्रयोग नगर्नु उचित देखिन्छ । श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ ।

हिन्दु परम्परा अनुसार नेपालमा धेरै चाड पर्वहरू मान्ने गरिन्छ । यस मध्य श्रीकृष्ण जन्माष्टमी पर्व पनि हिन्दुहरूको विशेष चाडको रूपमा लिइन्छ ।

विशेष गरी भाद्रकृष्ण अष्टमी तिथिको दिन कृष्ण जन्माष्टमी मानिन्छ । हिन्दु धर्मावलम्बीहरू लगायत कृष्णका भक्तहरूले यस दिन कृष्णको पूजाआजा गरी मनाउँछन् । उक्त दिन भगवान् श्रीकृष्णको प्रकट भएको मानिन्छ । कृष्ण प्रकट भएको रातलाई मोहरात्री पनि भनिन्छ ।

विशेष गरी थारु समुदायका महिलाहरूले कृष्ण जन्माष्टमी पर्वलाई उत्साहका साथ मनाउने गर्छन् । यस दिन थारु समुदायका महिलाहरू एकविहीनै घरका सदस्यहरूसँग बसी दर खाने गर्छन् । त्यही दरको भरमा महिलाहरू दिनभर अन्न नखाई व्रत बस्ने गर्छन् ।

विभिन्न ठाउँ अनुसार फरक फरक किसिमले मनाइन्छ  । कृष्ण जन्माष्टमीमा कृष्णको मन्दिर बनाई बाजा सहित बजार परिक्रम गर्ने गर्छन् । कुनै ठाउँहरूमा भने कृष्णको जन्म सम्बन्धी विभिन्न नाटकहरु द्धारा देखाउने गर्छन् । यसले गर्दा मानिसहरू मनोरञ्जन पनि लिने गर्दछन् । त्यसै गरी कन्या केटाकेटीहरूलाई राधा कृष्णको रुप धारण गराई नाचगान गराउने गरिन्छ ।

अन्य भक्तहरू पनि कृष्ण जन्माष्टमीमा बिहान सबेरै नुहाई धुवाइ गरेर व्रत बस्छन् । दिनभर अन्न नखाई पूर्ण रूपमा सात्त्विक बस्छन् । मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइ व्रत सम्पन्न गर्छन् ।

भगवान् श्री कृष्ण हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैँचामुनि, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ ।

कृष्ण जन्माष्टमी कस्तो फुल चढाउने ?

महाभारतमा आफ्नो मन पर्ने पुष्पको बारेमा बताउँदै युधिष्ठिर सँग श्रीकृष्णले भनेका छन्, “मलाई कुमुद, करवरी, चणक, मालती, पलाश वा वनमाला फूल अति मन पर्छ ।” त्यसैले कृष्णलाई कुमुद, करवरी, चणक, मालती, पलाश वा वनमाला फूल चढाउँदा उत्तम रहन्छ ।

श्रीकृष्णको पूजा विधि मन्त्र 

ऊं यज्ञाय योगपतये योगेश्रराय योग सम्भावय गोविंदाय नमो नमः
यसपछि श्रीहरिको यस मन्त्रो उच्चारणका साथ पूजा गर्नुपर्दछ ।
ऊ यज्ञाय यज्ञेराय यज्ञपतये यज्ञ सम्भवाय गोविंददाय नमों नमःविश्राय विश्रेक्षाय विश्रपले विश्र सम्भावाय गोविंदाय नमों नमः

श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति, आयु र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । कृष्ण जन्माष्टमी पर्व मनाउनाले हरेकको मनोकामना पूरा हुने हिन्दु धर्मावलम्बीको मान्यता छ । भनिन्छ– जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई लाभ हुन्छ ।

श्रीकृष्ण जन्माष्टमीमा विभिन्न ठाउँ क्षेत्र अनुसार फरक फरक तरिकाले मनाइने गरिन्छ । समुदाय अनुसार फरक किसिमले जन्माष्टमी उत्सव मनाइन्छ । श्रीकृष्णको पूजा आराधनाका लागि शृङ्गारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ । श्रीकृष्णको पूजा गर्ने व्यक्तिले कालो वा शुद्ध सेतो वस्त्र धारण गर्न मनाही छ । पूजा सकेर प्रसाद ग्रहण गरेपछि श्रीकृष्ण जन्माष्टमी पूजन कर्म सकिन्छ ।

Back to top