×

वीरगञ्ज । नेपालमा बीवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाइडी एट्टो ३ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाइडी एट्टो ३ लोकप्रिय एसयूभीको रूपमा तीव्र गतिमा अगाडि बढिरहेको छ। नेपालमा भित्रिएको दुई वर्षभन्दा कम समयमा नै ३ हजारभन्दा बढी युनिट बिक्री भइसकेका छन् ।

ड्राइभिङ अनुभवलाई अझै उत्कृष्ट बनाउन बीवाइडी एट्टो ३ को २०२४ भर्सनमा आकर्षक अपग्रेड गरिएको छ। हाल यो गाडी कसमस ब्ल्याक रंगको नयाँ विकल्पमा पनि उपलब्ध छ ।

यसको इन्टेरियरमा युनिक ब्ल्याक र ब्लु कलर स्किम समावेश गरिएको छ, जसले गाडीलाई आधुनिकता प्रदान गरेको छ । एक्सटेरियरमा महत्त्वपूर्ण सुधार गरिएको छ, जस्तै पछिल्लो भागमा रहेको ‘बिल्ड योर ड्रिम’ ब्याज हटाई ‘बीवाइडी’ मात्र लेखिएको छ। डी–पिलरमा पहिले ड्रागन स्केल जस्तै प्याटर्न रहेकोमा अब स्टाइलिस ब्ल्याक कलरमा उपलब्ध छ, जसले गाडीको स्पोर्टी डिजाइनलाई थप निखारेको छ ।

बीवाइडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई पनि अपग्रेड गरिएको छ । पहिलेको १२.८ इन्चको डिस्प्लेलाई १५.६ इन्चमा परिवर्तन गरिएको छ, जसले ड्राइभर र प्यासेन्जरको डिजिटल अनुभवलाई अझै रमाइलो बनाउँछ। साथै, गाडीको दुवै भेरिएन्टलाई हाई–पर्फमेन्स कन्टिनेन्टल टायरले सुसज्जित गरिएको छ, जसले उत्कृष्ट ग्रिप र सबै प्रकारका टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्छ ।

बीवाइडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको महत्त्वपूर्ण नयाँ फिचर भनेको बीवाइडी एप हो । यस एपमार्फत गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न, गाडीका ढोका तथा झ्यालहरू बन्द भएको वा नभएको पत्ता लगाउन सकिन्छ। साथै, टाढैबाट गाडीको अवस्थिति पत्ता लगाउने, एसी सञ्चालन गर्ने, हर्न र लाइट नियन्त्रण गर्ने सुविधासमेत उपलब्ध छ ।

बीवाइडी एट्टो ३ केवल नवप्रवर्तनको पहिचान मात्र नभई दिगो यातायात समाधान पनि हो । बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको यो गाडी सुरक्षित ब्लेड ब्याट्रीद्वारा सञ्चालित छ, जसमा इको–फ्रेन्ड्ली डिजाइन र पावरफुल पर्फमेन्सको सम्मिश्रण छ ।

काठमाडौँको दरबार मार्गमा आयोजित लन्च इभेन्टमा अनिल केशरी शाह, वाङदेन फिन्सो शेर्पा, र हरिबंश आचार्य जस्ता प्रसिद्ध व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रममा २०२४ भर्सनको बीवाइडी एट्टो ३ का पहिलो ग्राहकलाई हरिबंश आचार्यले गाडी हस्तान्तरण गरे ।

बीवाइडी एट्टो ३ को २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ। एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ, जसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ। दुवै भेरिएन्टमा १०० किलोवाटको मोटर रहेको छ ।

साइमेक्स इंकले नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानसहित नेपालको विद्युतीय सवारी क्रान्तिमा नेतृत्व प्रदान गरिरहेको छ । बीवाइडी एट्टो ३ को २०२४ भर्सनले इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

Back to top