×

रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले चाडपर्वको नाममा अश्लीलता झल्किने भोजपुरी गीतमा नाचगान गर्न कडा कदम चालेको छ। बिहीबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले यस्तो गतिविधिमा रोक लगाइएको जानकारी दिएकी छिन्।

सार्वजनिक सूचनामा भनिएको छ कि चाडपर्वको अवसरमा कुनै पनि प्रकारको अश्लीलता झल्किने भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्ट्रा आयोजना गर्ने, वा मनोरञ्जनका नाममा जुवातास खेलाउने गतिविधि अनुमतिविना गर्न पाइने छैन। यदि यस्ता गतिविधि गरिएका पाइएमा आयोजक पक्षलाई जिम्मेवार ठहराइने चेतावनी दिइएको छ।

यो कदम चाडपर्वमा समुदायमा अश्लीलता र असामाजिक गतिविधिहरू फैलिन नदिन र सामाजिक सद्भाव कायम राख्नको लागि चालेको प्रहरीको भनाइ छ। प्रहरीले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आह्वान गरेको छ।

Back to top