×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ सुगौलीस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय एक दिने आँख शिविर सम्पन भएको छ । 

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको आयोजनामा विरगञ्ज सामुदायिक आँखा केन्द्र र तिलगंगा आँखा असपतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । 

शिविरमा १ एक सय ४६ जनाको चेकजाँच गरी औषधि दिइएको अस्पतालका मेडिकल संयोजक महेस सिंह धामीले जानकारी दिए । उनकाअनुसार चेकजाँच गराएकामध्ये ४७ जनाको आँखामा मोतियाबिन्दुको लक्ष्यण देखिएको छ । 

शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पताल केन्द्रका प्रभात चौरसिया, मुस्कान श्रेष्ठ लगायतले चेकजाँच गरेका थिए । शिविरमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक मोहनजंग थापा लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top