×

वीरगञ्ज ।  वीरगञ्जका विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रममा १२९ पोका रगत संकलन भएको छ । वीरगञ्जको बिआईटी इन्जीनियरीङ् कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिआईटी कलेजमा सम्पन्न कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।

६२ औँ इन्जिनियर दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन वीरगञ्जले कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद सहाबुद्धि, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका मधेश प्रदेश अध्यक्ष ई. मनोज दास, जिल्ला अध्यक्ष ई. प्रियाँसु रौनियार, जिल्ला सचिव ई. वेद प्रकाश कुर्मी, नेपाल इन्जिनियर्स  संघ वीरगञ्ज केन्द्रका पुर्व अध्यक्ष ई. राघव हुस्सेन, ई. राकेश साह, ई. उमेश दास लगायतको उपस्तिथि रहेको थियो ।  

यस्तै नेपाल जनता पार्टी पर्साको आयोजनामा पनि रक्तदान गरिएको छ । पार्टीका अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पनि ५४ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रागिनी साह, श्रीकान्ती गिरी, रोशन महतो, सन्नी गुप्ता, रागिनी साह लगायतले रक्तदान गरेका हुन् । 

वीरगञ्जको माइस्थानमा सत्य साइ केन्द्र प्रदेश २ समितिले आयोजना गरेको कार्यक्रममा ४ जना महिलासहित २१ जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । उनकाअनुसार रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाब बढीरहेको छ । गर्मीका कारण बिरामीको चाप बढ्दा केन्द्रमा रगतको चरम अभाव भएको पाण्डेले बताए । माग बढेको र रगतको अभाव भएको हुँदा रक्तदान कार्यक्रम गर्न तथा केन्द्रमै पुगेर रक्तदान गर्न पनि उनले आग्रह गरेका छन् । 


 

Back to top