×

तत्कालीन जिल्ला विकास समिति बाराका सभापति राजनारायण साहको शनिबार निधन भएको छ । 

बारागढी गाउँपालिका–२ विसुनपूर्वा निवासी ७१ वर्षीय साह लामो समयदेखि कलैया उपमहमानगर–४ अदालत रोडस्थित आफ्नै घरमा बस्दै आएका थिए । उनी मधुमेहले ग्रस्त थिए । उनको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको उनका छोरा मनोज साहले बताए ।

२०५९ को शाहीकालमा तत्कालीन जिल्ला विकास समितिको सभापति भएका उनी राप्रपा संस्थापन पक्षको लगातार २४ वर्षसम्म जिल्ला अध्यक्ष थिए । पछिल्लो समय उनी राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य थिए ।

राप्रपाबाट उनी पटक–पटक बारा–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । उनका ३ छोरा, १ छोरी र श्रीमती छन् । कान्तिपुरबाट साभार । 

Back to top