×

काठमाडौं । बालबालिका लक्षित प्रतियोगिता ‘ग्लोरी टिन एण्ड किड्स ट्यालेन्ट’ हुने भएको छ । ग्लोरी मिडियाले राष्ट्रिय बाल दिवसको अवसर पारेर यो प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकका अनुसार यही साउन १९ गते शनिबार राजधानीमा प्रथम अडिसन हुँदैछ ।

ग्लोरी मिडियाका अध्यक्ष एवम् प्रबन्ध निर्देशक सरोज ओझाका अनुसार ७ देखि १८ वर्षसम्मका बालबालिकाहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । ‘जसमा ७ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाले किड्स ट्यालेण्ट र १३ देखि १८ वर्ष उमेरका बालबालिकाहरुले टिन ट्यालेण्टमा भाग लिन पाउनेछन् । प्रतियोगीहरुले करिब २० दिन अवधिको कोरियोग्राफीसहित व्यक्तित्व विकास, आत्मविश्वास, मोडलिङ, क्यामेरा फेस तथा टेलिभिजन कार्यक्रम सञ्चालनलगायतका विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्’, उनले भने ।

प्रतियोगिताअन्तर्गत प्रथम अडिसन पश्चात प्रशिक्षण शुरु हुनेछ भने भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा फिनाले हुनेछ । प्रतियोगीहरुलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् ।

‘यो सौन्दर्य प्रतियोगिता मात्रै नभई वृहत र बाल सहभागितामुलक टेलिभिजन कार्यक्रम निर्माणको तयारी पनि हो । त्यसैले यो प्रतियोगिता अन्य प्याजेन्ट शो भन्दा भिन्न हुनेछ र हामी बालबालिकामैत्री शोको अवधारणालाई अगाडि बढाउने प्रयत्न यसै प्रतियोगिता मार्फत गर्दैछौँ’, अध्यक्ष तथा प्रबन्ध निर्देशक ओझाले भने ।

प्रतियोगिताका उपाधी विजेताले नगद २५ हजार, फस्र्ट रनर अपले १५ हजार र सेकेण्ड रनर अपले १० हजार नगदसहित पोखरा जाने आउने टुरिष्ट बसको टिकट र अन्य पुरस्कार पाउनेछन् । विजेताले ग्लोरी मिडियाले एनटिभि न्युजमा बुधबार राती ९ः१५ मा प्रस्तुत गर्दै आएको पाक्षिक कार्यक्रम ‘सचेतना’मा बालबालिका ‘विशेष एपिसोड’ सञ्चालनको अवसर पाउनेछन् ।

ग्लोरी मिडियाको साझेदार कम्पनी राज्य मिडिया नेटवर्कका सिइओ डेभिल सिंह राजपुतले प्रतियोगिता बालबालिकाहरुको अधिकारलाई समेत मुखरित गर्नेमा आफु विश्वस्त रहेको बताए ।

प्रतियोगिताका लागि ग्लोरीले वल्र्ड टच टुर्स एण्ड ट्राभल्स, ल्होत्से थकाली, ग्रिन भ्याली रिसोर्ट, ग्लोबल अनलाईन पे, घोरीवाला मार्ट, एभेन्टोज नेपाल, मोडल सङ्स नेपाल, राज्य मिडिया नेटवर्कलगायतसँग साझेदारी गरेको छ ।

ग्लोरीले टेलिभिजन कार्यक्रमतर्फ बाल कार्यक्रम ‘बाल आवाज’, हाँस्य टेलिश्रृङ्खला ‘कुरा मात्र भो’, कुकिङ रियालिटी शो ‘कलेज सेफ आईकन’, शान्ति तथा परिवार विशेष कार्यक्रम ‘आदर्श परिवार’ हुँदै हाल एनटिभी न्युजमा कार्यक्रम ‘सचेतना’ प्रस्तुत गर्दै आएको छ ।  ग्लोरीले इभेन्टतर्फ ‘फेस अफ नेशन’, ‘द मम’, ‘सुपर प्लस साईज मोडल’, ‘नेक्स्ट सुपर मोडल’लगायतका इभेन्टमा साझेदारी गरिसकेको छ ।

Back to top