×

 शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ४४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Back to top