×

काठमाडौं । जय मिडिया म्यानेजमेन्ट प्रालिले विराटनगरमा एक विशेष कार्यक्रम गर्दै आठौँ संस्करणको 'मिस कोशी २०२४' का विजेता तथा उपविजेतालाई सम्मान गरेको छ।

सम्मानित हुनेहरूमा 'मिस कोशी' विजेता सुनसरी इटहरी १९ तरहराकी शुभलक्ष्मी राई, 'फस्ट रनरअप' धरानकी निशा हाङ्मा लिम्बु, 'सेकेण्ड रनरअप' झापाकी निगम मोक्तान तामाङ, 'थर्ड रनरअप' जुम्लाकी कृति बस्नेत र 'फोर्थ रनरअप' इटहरीकी स्वस्तिका राई रहेका छन्।

धरानमा गत शनिबार भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मीले 'मिस कोशी'को उपाधि जितेकी थिइन्। उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरेकी छन्।

उनीहरुलाई कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय र सिइओ निशा खतिवडा रायले सम्मान गरेका थिए।

Back to top