×

नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ । श्रीलंकामा जारी एसिसी महिला एसिया कपअन्र्तगत आजको खेलमा नेपाललाई पाकिस्तानसामु १०९ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

टस जितेर पाकिस्तानले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रनको योगफल तयार पारेको छ । जसका लागि कविता जोशीले सर्वाधिक २३ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडिन् ।

त्यस्तै ओपनर सीता राणा मगरले ३० बलमा तीन चौका प्रहार गर्दै २६ रन बनाइन् । पुजा महतोले ३२ बलमा २५ रन जोडिन् । कविता कुवरले १३, रुबीना क्षेत्रीले ८ रन बनाउँदा सम्झना खड्का ४ रन बनाएर आउट भइन् । 
 

Back to top