×

राजधानी तेल अभिवमा ड्रोन आक्रमण भएपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ। हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले हवाइ आक्रमण गरेको हो। 

यो आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी घाइते भएका छन्। इजरायली आक्रमणपछि एक इन्धन डिपोमा भिषण आगलागी भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको फुटेजमा ठूलो आगलागी भएको र आगो फैलिँदै गएको देखिएको छ। इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले उक्त आक्रमणपछि अब हुथी समूहले आक्रणको मूल्य बुझ्नुपर्ने चेतावनी दिए। 

यसअघि हुथी समूहले इजरायलको राजधानी तेल अभिवमा शुक्रबार गरेको गरेको आक्रमणमा एक जनाको मृत्यु भएको थियो भने कम्तीमा १० जना घाइते भएका थिए। हुथी समूहले गाजा आक्रमणको विरोधमा समुद्री मार्गमा बेलायत, अमेरिका तथा इजरायलका पानी जहाजलाई निशाना बनाउँदै मिसाइल आक्रमण गरिरहेको छ। 

आक्रमणको विरोधमा अमेरिका र बेलायतमा यमनमा हुथी समूहका हतियार भण्डारहरुमा आक्र​​मण गरिसकेका छन् । 

Back to top