×

वीरगञ्ज । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम आदमी पार्टीको भातृ संगठन आईटी आर्मीले वीरगञ्जमा शनिबार दीप प्रज्वलन कार्यक्रम गरेर तेस्रो स्थापना दिवस मनाएको छ।

शनिबार साँझ वीरगञ्जको घण्टाघर चोकमा आयोजित यस कार्यक्रममा आम आदमी पार्टी र आईटी आर्मीका नेता तथा कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका थिए। आईटी आर्मी पर्साका अध्यक्ष दिपेन्द्र जयसवालको अध्यक्षतामा भएको यस कार्यक्रममा आम आदमी पार्टीका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो।

दीप प्रज्वलन कार्यक्रममा पार्टीका केन्द्रीय सचिव बाबुराम कौशीक, नेता कदम रसुल, पर्सा अध्यक्ष विश्वराज पटेल, आम महिला मोर्चाकी अध्यक्ष संध्या पसवान, र आम विद्यार्थी मोर्चाका केन्द्रिय सचिव उपेन्द्र जयसवाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरुले आईटी आर्मीको उद्देश्य, योगदान र भविष्यका योजनाहरुको बारेमा चर्चा गरेका थिए। आईटी आर्मीले समाजमा प्रविधिको प्रयोग र सामाजिक जागरूकताको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ काम गर्दै आएको छ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष दिपेन्द्र जयसवालले आईटी आर्मीको आगामी योजनाहरु प्रस्तुत गर्दै सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे।

Back to top