×

योग गर्दा शारीरिक मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । योग तौल कम गर्नेदेखि लिएर दिमाग फ्रेस बनाउन समेत राम्रो विकल्प हो ।

दिनको ८–९ घण्टा कम्प्यूटर वा ल्यापटप स्क्रिनको अगाडि बसेर काम गर्नुहुन्छ भने तपाईंले केही योगासन अवश्य गर्नुपर्दछ । यसले शरीरलाई कयौं समस्याबाट राहत दिन्छ । आउनुहोस् जानौं ती योगासन बारे ।

बालासन गर्नाले सम्पूर्ण शरीरमा रगत सञ्चार बढ्छ । यसले खुट्टा, तिघ्रा, सबै बलियो हुन्छन् । यो आसनले तनावबाट पनि छुट्कारा दिन्छ । बालासनले आन्तरिक र बाहिरी शरीरलाई फाइदा गर्दछ ।

त्यस्तै मलासनको अभ्यास पनि फाइदाजनक हुन्छ । दैनिक मलासन गर्नाले डाढ, कम्मर र खुट्टाको भागमा फाइदा हुन्छ । मलासनमा बस्दा तपाईंको मेरुदण्ड र कम्मर सिधा हुन्छ । यसको नियमित अभ्यासले शरीरको पोस्चर सही गराउन सकिन्छ ।

धनुरासनको सहयोगले डाढको हड्डीमा स्ट्रेच आउँछ । यसले पेल्विक एरियालाई पनि बलियो बनाउँछ । धनुरासन गर्दा डाढको हड्डीमा दबाब पर्दछ, जसले मेरुदण्डमा सपोर्ट मिल्दछ ।

यसबाहेक हड्डीलाई लचिलो तथा मांसपेशी बलियो बनाउन पनि यो योगासन एकदमै प्रभावकारी हुन्छ । दिनभर काम गर्दा डाढ दुख्ने समस्या हुनेले मार्जरी आसन गर्नु पनि फाइदाजनक हुन्छ । यसले डाढका हड्डी तथा मांसपेशी बलियो हुन्छन् ।

त्यस्तै यस्तो खालको दुखाईमा भुजंगासन पनि एकदमै राम्रो अभ्यास हुन्छ । दैनिक भुजंगासन गर्नाले डाढको हड्डी लचिलो बनाउन सकिन्छ । यसले कम्मरको तल्लो भाग पनि बलियो हुन्छ ।

Back to top