×

माल्दिभ्समा जारी २० वर्ष मुनिको काभा महिला भलिबल प्रतियोगितामा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ। 

मालेमा गएराति भएको खेलमा नेपाल किर्गीस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिस्तानसँग नेपाल २७-२५, २५-२३ र २५-१७ को सेटमा पराजित भयो । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज दिउँसो ४ बजे घरेलु टोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। 

दुवै टोलीले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन् । आजै किर्गीस्तान र श्रीलंकाबीच पनि प्रतिस्पर्धा हुनेछ। नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो। सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ।

Back to top