×

वीरगञ्ज । नेपाल ६ विकेटले विजयी भएको छ । एसीसी महिला एसिया कप २०२४ मा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर नेपालले पहिला फिल्डिंग गरेको थियो । पहिला ब्याटिंग गरेको युएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ११५ रनको योगफल तयार गरेको थियो । 

जसका लागि खुशी शर्माले सर्वाधिक ३९ बलमा ३६ रन जोडिन् । उनले दुई चौका प्रहार गरिन् । यस्तै कभिशा एगोडाजेले २६ बलको सामना गर्दा दुई चौकाको मद्धतमा २२ रन बनाइन् । 

नेपालका लागि कप्तान ईन्दु वर्माले चार ओभरमा १९ रन खर्चिएर तीन बिकेट लिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले एक/एक विकेट लिए । कृतिकाले लिएको यो पहिलो विकेट हो ।

११६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमै जम्मा ४ विकेटको क्षतीमा भेटाएको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक रन बनाइन् उनले ४५ बलमा ११ चौका प्रहार गर्दै ७२ रन बनाइन् । रुबीना क्षेत्रीले १०, सीता राणा मगर र पुजा महतोले ७/७ रन बनाउँदा कप्तान इन्दु वर्मा ६ रनमा आउट भइन् । कविता कुवँरले २ रन बनाइन् । 
 

Back to top