×

सांकेतिक तस्वीर

वीरगञ्ज । कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्दार गरिएको छ ।

बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई बिहिबार राती उद्दार गरेका हुन् ।

रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि प्रहरी टोली गेस्ट हाउस पुगेको थियो ।

गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा सञ्चालक थापा र काठमाडौं कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

Back to top