×

अभिनेत्री ज्याकलिन फर्नान्डेजको जन्मदिनमा १०० आइफोन–१५ बाँडिने भएको छ । सुकेश चन्द्रशेखरले ११ अगष्टमा पर्ने ज्याकलिनको जन्मदिन सेलिब्रेसन गदै उक्त फोन  बाँड्ने घोषणा गरेका हुन् ।

२०० करोड मनी लन्ड्रिङ मुद्दामा हाल जेलमा रहेका सुकेशले एकपत्र लेख्दै यस्तो घोषणा गरेका हुन् । पत्रका उनले ज्याकलिनको नाम जेएफएस अझैपनि आफ्नो निजी जेटमा लेखिएको बताएका छन् ।

मण्डोली जेलबाट जुलाई ९ मा पठाइएको पत्रमा सुकेशले लेखेका छन्, ‘बेबी गर्ल, म निकै उत्साहित छु । तिम्रो जन्मदिनको काउन्टडाउन सुरु भएको छ । तिम्रो जन्मदिन आउन ३० दिन मात्र बाँकी छ । म पर्खन सक्दिन । यो एक सेलिब्रेसन हो जसबाट म रमाउँछु । तिम्रो अनुहारको मुस्कान एक मात्र चिज हो । जसले मेरो मनलाई पगाल्छ ।’ उनले केही दिनदेखि फिल्म किकमा रहेको ज्याकलिनको गीत ‘ह्याङओभर’  सुनेर नाचिरहेको समेत बताउका छन् ।

उनले अगाडि लेखेका छन्, ‘मेरो बेबी, मलाई तिम्रो बोल्ने, अंगालो हाल्ने, माया गर्ने, क्रोधमा शान्त हुने, तिम्रो आँखा र तिमिले भनेका सबै कुरो ह्याङओभर भएर रहेको छ । जुन जीवनभर रहन्छ । उनले यो ह्याङओभर सधै भरि रहिरहोस् भन्ने कामना सहित प्रेमको अर्थ ज्याकलिनले सिकाएको समेत बताएका छन् ।

Back to top