×

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ हुने भएको छ। अवार्डका लागि फाराम खुलिसकेको आयोजकले जनाएको छ।

अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने जानकारी दिए। ‘हामीले फिल्म र म्यूजिक भिडियोका लागि फाराम खुलाइसकेका छौं। अमेरिकामा रहेका जुरी सदस्यहरुले फिल्म हेरिरहनु भएकाले नोमिनेसन चाँडै सार्वजनिक गर्नेछौं,’ उनले भने।

यस वर्षको अवार्डका लागि निर्देशक किशोर सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय जुरी टिम बनाइएको छ। यस वर्षको अवार्डमा उद्यमी तथा व्यवसायी केशवराम राई प्रमुख प्रायोजक रहेका छन्। जुरी टिमले हालसम्मका फिल्म र म्यूजिक भिडियोहरु हेरेर छानबिन गरिरहेको छ, र उत्कृष्ट कामहरुको नोमिनेसन छिट्टै सार्वजनिक गरिने बताइएको छ।

फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालि हरेक वर्ष नेपाली फिल्म र म्यूजिक भिडियोको स्तरवृद्धि गर्न यो अवार्ड आयोजना गर्दै आएको छ। यस वर्षको अवार्ड समारोहले पनि नेपाली सिनेमा उद्योगमा उत्कृष्ट योगदान दिने कलाकार र निर्माता निर्देशकहरुलाई सम्मानित गर्ने लक्ष्य लिएको छ।

यस पटकको अवार्ड समारोह अमेरिकामा विशेष कार्यक्रमको रुपमा आयोजना हुने भएपछि नेपाली फिल्म उद्योगका लागि यो एक ऐतिहासिक क्षण बन्ने अपेक्षा गरिएको छ। अवार्ड कार्यक्रमलाई भव्य र सफल बनाउन आयोजक टोलीले विशेष तयारी गरिरहेको जनाएको छ।

Back to top