×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पोखरिया नगरपालिका भेला भव्यरुपमा सम्पन्न भएको छ। भेलाले प्रदीप पटेलको सभापतित्वमा ११ सदस्यीय कमिटी निर्बिरोध चयन गरेको हो।

आज पोखरियामा आयोजित उक्त भेलाले प्रदीप पटेललाई सभापति, बैजनाथ ठाकुरलाई उपसभापति, खलिल मिया तेलिलाई सचिव, प्रतिमा देवी धोबिनलाई कोषाध्यक्ष तथा विशेश्वर प्रसाद यादव, राम प्रवेश पटेल, सुरज कुर्मी, फूलमती देवी, जितेन्द्र पटेल, दिलिप कुमार रौनियार र बनु शाह गोडलाई सदस्यमा चयन गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा जिल्ला संयोजक हरि पन्तको सभापतित्वमा सम्पन्न उक्त भेलामा पन्तले पोखरियामा रास्वपाको स्थानीय सरकार गठन गर्ने लक्ष्यसहित निर्वाचित पदाधिकारीहरुलाई निर्देशन दिए। उनले अरू पार्टीहरुलाई पटक-पटक हेरिसकेको भन्दै अब स्थानीय स्तरमा रास्वपालाई जिताउन आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय सदस्य डा. नन्दन यादवले पार्टी सभापतिलाई विपक्षीहरुले निराधार आरोप लगाएर हिलो छ्याप्ने प्रयास गरेको आरोप लगाए। संगठन विभाग उप प्रमुख प्रमोद रायमाझीले सहजीकरण गरेको उक्त भेलामा क्षेत्रीय सभापति शाने अलिले स्वागत भाषण गरे। निवर्तमान संयोजक दिलिप कुर्मी, उप संयोजक तुल्सा पौडेल लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रदेश सदस्य सुदिस प्रजापति, सब्बु कणेल, क्षेत्रीय सभापति फैयाज मिया, जितेन्द्र मिश्र, यातायात विभाग प्रमुख राम आर्य, शिक्षा विभाग उप प्रमुख सोना लाल पटेल, वडा सभापति माइकल साप्कोटा, लालकीशोर प्रसाद पटेल, प्रदिप पटेल ,मुना साह, कासिम मियालगायतको सहभागिता थियो।

Back to top