×

वीरगञ्ज। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। शनिवार बसेको प्रदेशसभा बैठकमा सिंहले आफ्नो नेतृत्वलाई पुनःस्थापित गर्दै बहुमत हासिल गरेका हुन्।

बैठकमा उपस्थित १०१ सांसदमध्ये ६७ जना सांसदले मुख्यमन्त्री सिंहको पक्षमा मतदान गरे भने ३४ जना सांसदले विपक्षमा मतदान गरेका थिए। यसरी सिंहले बहुमतको समर्थन पाएर आफ्नो पद सुरक्षित गरेका छन्।

मुख्यमन्त्री सिंहले दोस्रो पटक विश्वासको मत प्राप्त गरेसँगै मधेश प्रदेशमा राजनीतिक स्थिरता कायम भएको छ। सिंहले आगामी दिनमा प्रदेशको विकास र समृद्धिका लागि सबै दललाई मिलेर अघि बढ्न आह्वान गरेका छन्।

Back to top