×

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा र शनिश्चरे इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारतको ३६ वर्षीय सत्येन्द्र कुमारलाई पक्राउ गरेको हो।

सत्येन्द्र कुमार बीआर २८ एडी ९२५८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनको साथमा भारतीय नोट फेला परेको हो। साथै, असार १८ गते सोही गुल्मले १० किलो २ सय ३० ग्राम चरेशसहित भारतका २१ वर्षीय भरत साह र १८ वर्षीय मनिष कुमारलाई पनि पक्राउ गरेको छ।

बीआर ०५ बी।ई। ०७६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले मोटरसाइकलको हेल्मेट र सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा चरेश फेला परेको हो।

पक्राउ परेकाहरूलाई बरामद भारतीय रुपैयाँ, चरेश र मोटरसाइकलसहित आवश्यक कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।

 

 

 

 

4o

Back to top