×

वीरगञ्ज। मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले आइतबार मध्यान्ह माओवादी केन्द्रका २, एकीकृत समाजवादीका २, र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन्।

बर्खास्त गरिएका मन्त्रीहरूमा माओवादी केन्द्रका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुङ्गेली छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई पनि मुख्यमन्त्री सिंहले हटाएका छन्।

मुख्यमन्त्री सिंहले एमाले र जनता समाजवादी पार्टी बाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्। स्रोतका अनुसार, बर्खास्त गरिएका मन्त्रालयहरूमा आजै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मन्त्रालय दिने तयारी भइरहेको छ।

मुख्यमन्त्री सिंहको यस कदमले मधेस प्रदेशको राजनीतिक परिदृश्यमा ठूलो हलचल ल्याएको छ। आगामी दिनमा प्रदेशको राजनीतिक स्थिरता र गठबन्धनमा कस्तो असर पर्ने हो, त्यो हेर्न बाँकी छ।

Back to top