×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले गहवामाईको भव्य रथयात्राका लागि १ किलोग्राम चाँदी सहयोग गरेका छन्। गहवामाईको नवनिर्मित मन्दिरको १२ औं वर्षगाँठको उपलक्ष्यमा असार २३ गते आईतबारका दिन वीरगञ्जमा भव्य रथयात्रा आयोजना हुँदैछ।

यस रथयात्रामा गहवामाईको प्रतिमालाई झण्डै ४५ लाख रुपैयाँको २६ किलोग्राम चाँदीबाट निर्मित डोलीमा राखेर नगर परिक्रमा गराइनेछ। उक्त डोली निर्माणका लागि वडाध्यक्ष कानुले १ किलोग्राम चाँदी सहयोग गरेका हुन्।

शुक्रबार वडाध्यक्ष कानुले गहवामाई रथयात्रा आयोजक समितिका श्याम पोख्रेललाई १ केजी तौल बराबरको चाँदीका सिक्का प्रदान गरेका छन्। वडाध्यक्ष कानुले गहवामाई प्रतिको आफ्नो आस्थाका कारण माताको डोलीसहितको भव्य रथयात्रा आयोजना गर्न सहयोग गरेको बताएका छन्।

उनले भने, "माताको सेवामा आफ्नो तर्फबाट केही सहयोग होस् भनेर मैले चाँदी सहयोग गरेको हुँ।" सहयोग गरिएको चाँदीको बजार मूल्य करिब १ लाख ७५ हजार रुपैयाँ पर्ने बताइएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष कानुले गहवामाईको भव्य रथयात्राका लागि १ किलोग्राम चाँदी सहयोग गर्ने बेला वीरगञ्जका उधोगी व्यावसायिक राजेश अग्रवाल पनी संगै रहेका थिए ।

Back to top