×

वीरगञ्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पनि पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 

शुक्रवार बसेको पार्टीको बैठकले आजैदेखि लागु हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका अध्यक्ष अशोक कुमार राईले जारी गरेको पत्रमा उल्लेख छ । 

समर्थन फिर्ता लिएसँगै जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका छन् । साथै उनले सहकार्य गर्ने अवसर दिएकोमा आभार प्रकट गरेका छन् ।  स्वास्थ्य मन्त्रीसँग बन् तथा वातावरण मन्त्री नवलकिशोर सुडी र स्वास्थ्य राज्य मन्त्री हसिना खानले पनि राजीनामा दिएका छन्।

Back to top