×

इजराइली कब्जाकारी सेना (आईओएफ) ले गाजापट्टीमा गत अक्टोबरदेखि अहिलेसम्म करिब ३८ हजार प्यालेष्टिनी नागरिकले ज्यान गुमाएका छन्।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी ३७ हजार ९२५ प्यालेष्टिनीको मृत्यु भएको जानकारी दिएको हो। यो अवधिमा कम्तीमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका छन् ।

आईओएफले गाजापट्टीमा गत २४ घण्टामा २५ प्यालेष्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले  गाजा पट्टीमा इजराइली कब्जाको चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाइ हमला र चारैतिरबाट गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेष्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको छ । 

गाजापट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आक्रमण जारी राखेको छ । 

Back to top