×

वीरगञ्ज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् ।

काठमाडौँमा सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि बरिष्ठ उपाध्यक्ष थिए । त्यसअघि प्रथम उपाध्यक्ष, उपाध्यक्ष तथा केन्द्रिय सदस्य भएर काम गरीसकेका छन् । त्यो भन्दा पनि अघि उनी चितवन शाखाको अध्यक्ष भएर काम गरीसकेका छन् । 

रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामले एक सय ८४ मत पाए । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर वि.क दियाली, रुपदल विश्वकर्मा निर्वाचित भए ।

यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् । महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए ।

May be an image of 4 people, temple and text

Back to top