×

वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनरुवा भन्सार मेनगेट स्थित प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेकप्वाइन्ट ड्युटी टोलीले चेकजाँचको क्रममा दुईवटा अलग(अलग घटनामा प्रतिबन्धित लागुऔषध गाँजा र श्रोत नखुलेको रकम बरामद गरेको छ।

पहिलो घटनामा, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय ईमताज आलमलाई नियन्त्रणमा लिइएको छ। उनी यात्रुबाहक अटोमा भारततर्फ जाँदै गर्दा, उनको झोलामा प्लास्टिकले बेरिएको अवस्थामा ५ केजी ७२० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको थियो। उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनरवामा बुझाइएको छ।

यसै गरि वीरगञ्ज महानगरपालिकाका ४५ वर्षीय दिपक कुमार कलवारलाई भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गर्दा चेकजाँच गरिएको थियो। उनको साथबाट श्रोत नखुलेको नेपाली  २ लाख रुपैया फेला परेकोले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

Back to top