×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा एक महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ को आर्थिक सहयोग तथा पर्सा सिपमुलक तालिम केन्द्र प्रा.लि.द्वारा आयोजित तालिम सम्पन्न भएको हो । 

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै वडाअध्यक्ष राधाकृष्ण रौनियारले तालिममा सिकेको सीपको सदुपयोग गर्न सहभागीहरुलाई अनुरोध गरेका छन् । कम्प्युटर सम्बन्धी ज्ञान अहिलेको युगमा नभईनहुने भएकाले सबैले सिक्नुपर्नेमा वडाअध्यक्ष रौनियारको जोड छ । सीपले स्वरोजगार बनाउने हुँदा सीपलाई अझै निखार्नमा ध्यान दिन पनि उनले आग्रह गरे । 

पर्सा सिपमुलक तालिम प्रा.ली.का अध्यक्ष सुरेश कुमारको अध्यक्षतामा भएको तालिमको समापन समारोहमा समाजसेवी जावाहिर महतो, ताराचन्द कृष्ण कुशवाह लगायतको उपस्थिती रहेको स्थानीय समिर आलमले जानकारी दिए । तालिममा स्थानीय ३० जनाको सहभागिता रहेको थियो । 
 

Back to top