×

वीरगञ्ज । समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज समुदायिक आँखा अस्पताल रुंगता वेलफेयर सोसाइटी तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा घुम्ती शिबिरको आयोजना भएको छ । 

आदर्शनगर ग्रीन सिटी समुदायिक सेवा केन्द्रको  कार्यालयमा भएको घुमती शिविर शिबिरको आँखाको चेक जाँच, रगतको चेकजाँच  ब्लड प्रेसरका चेक जाच तथा अन्य रोगहरूको चेक जाँचको साथ साथै गर्मी याममा चिसो अनुभव होस् भन्ने सातु खुवाउने समेत ब्यवस्था गरिएको थियो ।
 
आज भएको घुम्ती शिबिर कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मान दिपक भारती रहेका थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटि सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए । 

त्यस्तै कार्यक्रममा  नागरिक समाज, समाज सेवी, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका पदाधिकारीहरुण्, सञ्चार कर्मी, ग्रीन सिटि सेवा केन्द्रका पदाधिकारीको  उपस्थित रहेको थियो ।

आज भएको कार्यक्रममा महिला ७५ जना, बालबालिका तथा जेष्ठ नागरिक २ सय समेत गरी जम्मा २७५ जनालाई चेकजाँच गरीएको थियो ।

Back to top