×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रमा अनुमति विना सञ्चालित ५ वटा निजी विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।

वीरगञ्ज महानगरपालिकाको शिक्षा समितिका अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको टोलीले अनुमति बेगर सञ्चालित ५ वटा निजी विद्यालयमा सिलबन्दी गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा सञ्चालितत सिटिजन पब्लिक स्कुल र २०७५ सालदेखि सञ्चालित ए.एस. नलेज एकेडेमीमापनि सिलबन्दी गरिएको उनले बताए ।

यस्तै वीरगञ्ज महानगथरपालिका वडा नम्बर १८ भवानिपुरमा संचालित सुरज एकेडेमीपनि अनुमति विना नै संचालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको उनले बताए । 

भवानीपुरमै अनुमति भन्दा बढी तहको कक्षा संचालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको यादवले जानकारी गराए ।

अनुगमनमा खटिएको टोलीमा संयोजक यादवसंगै महानगरपालिकाकाको शिक्षा महाशखाका अधिकृत आनन्द लामिछाने, मेयर राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतकोपनि सहभागीता थियो ।

Back to top