×

वीरगञ्ज । पर्साको पोखरिया अस्पतालमा मेडिसिटी अस्पताल काठमांडौको सहकार्यमा विभिन्न जटिल समस्याबाट ग्रसित बिरामीहरुको निस्शुल्क उपचार गरिने सम्बन्धमा छलफल भएको छ ।

पोखरिया अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा। अनिल यादव र मेडिसिटी अस्पताल काठमांडौको निर्देशक विजय रिमालसंग पोखरिया अस्पतालमा छलफल भएको हो ।

छलफलमा मेडिसिटी अस्पताल निर्देशक रिमालले गाउँमा स्क्रीनिंग गरेका बिरामीको पैसाको अभावमा अल्प आयुमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई सहजीकरण गरी पोखरिया अस्पताल मै जटिल भन्दा जटिल समस्याबाट ग्रसित बिरामीको निस्शुल्क उपचार गर्न आफुहरु तयार रहेको वताए ।

पोखरिया अस्पतालको सभा हलमा भयको छलफलमा नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जका प्रशासन प्रमुख विष्णु पटेल, डा विश्वनाथ कण्ठ, भुवन आलम, वडा नम्बर ४ का वडाध्यक्ष लक्षमण साह कानू, पोखरिया अस्पतालका प्रशासन शाखाका लक्ष्मी प्रसाद चौहान, बृजेश द्विवेदी लगायत्तका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Back to top