×

आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराउँदै  लगातार तेस्रो जित निकाल्यो। 

दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाउन सक्यो। 

बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाहले २० र कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए।  बंगलादेशलाई सस्तैमा समेट्न केशव महाराजले ३ तथा एनरिच नोत्जे र काशिगो रवाडाले समान २ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा विकेट ६ गुमाएर १ सय १३ रन बनाएको थियो। उसका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६, डेभिड मिलरले २९ र क्विन्टन डी ककले १८ रन बनाए।

बलिङतर्फ बंगलादेशका लागि तन्जिम हसन सकिबले ३‚ तास्किन अहमदले २ र रिशद होसेनले १ विकेट लिए । 

बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो। ३ खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा छ। २ खेलमा एकमा जित र एकमा हार ब्यहोरेको बंगलादेश २ अंकसहित समूहमा दोस्रो स्थानमा छ ।

Back to top