×

गर्मीमा दहीको सेवन शरीरका लागि एकदमै धेरै फाइदाजनक हुन्छ । यसले तपाईं स्वास्थ्य राम्रो हुन्छ । साथमा शरीरलाई हाइड्रेट राख्छ । तर, कैयौं मानिसहरू दहीसँग जोडिएका केही मिथकहरूलाई विश्वास गर्छन् । जसले गर्दा दही खानबाट डराउँछन् ।

हामी सबैलाई दहीसँग जोडिएका केही न केही मिथक सुनेकै हुन्छौं । ती मिथकको सत्यताका बारेमा आज हामीले बताउनेछौं-

कैयौंले मान्छन् कि धेरै दहीको सेवन गर्दा रूघाखोकी लाग्न सक्छ । तर, यसमा हुने प्रोबायोटिक गुणले शरीरलाई रूघाखोकी तथा अन्य मौसमी समस्याहरूबाट बचाउन सक्छ ।

कतिपयले दही खाँदा तौल बढ्ने मान्यता राख्छन् । यो कुरामा पनि कुनै सत्यता छैन । दहीमा क्याल्सियम, भिटामिन डी, पोटाशियम र प्रोटिन भरपूर मात्रामा हुन्छ । यसले तौल घटाउन सहयोग गर्छ ।

यस्तो पनि मान्यता छ कि स्तनपान गराइरहेका महिलाहरूले दही खाँदा रूघाखोकीको समस्या हुन सक्छ । जबकी आमाको दूध इम्यूनोग्लोबुलिनले भरपूर हुन्छ । दहीबाट पाइने ब्याक्टेरियाले बच्चालाई रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।

दहीमा गुड ब्याक्टेरिया हुन्छन्, जसले पाचन प्रणालीलाई राम्रो बनाइराख्छ । दहीले पेटसँग जोडिएका समस्या जस्तै कब्जियत, पेट दुख्ने समस्याबाट बचाउन सक्छ । जसले गर्दा बच्चालाई पेटसँग जोडिएका समस्या हुँदैनन् ।

यी सबै मिथक कुराहरू हुन् तर, तपाईंले दही भने सीमित मात्रामा सेवन गर्नुपर्दछ । कुनै पनि खानेकुराको अत्यधिक सेवन हानिकारक नै हुन्छ । समग्रमा भन्नुपर्दा पेटका लागि दुग्धजन्य सामग्रीमा दही एकदमै फाइदाजनक हुन्छ ।

Back to top